सफा र चिटिक्क कक्षाकोठाको मुहार

झापा।हल्दीबारी गाउँपालिकाले पालिका भित्र सञ्चालित १७ वटै सामुदायिक विद्यालयहरूमा पिफर्म र जुट कार्पेट वितरण गरेको छ ।बालबालिकाहरूको शैक्षिक गुणस्तर अभिवृद्धि र स्वास्थ्यलाई मध्यनजर गर्दै पालिकाले यस्तो कार्यको थालनी गरेको हो ।

बालबालिकाहरूको बसाई सहज होस् भनि पालिकाले यस्तो कदम चालेको हो।
अब भने पालिकाले पिफर्म र जुट कार्पेट वितरण गरेसँगै बालबालिका सफा परेको कक्षाकोठामा बसेर पढ्न पाएकोमा हर्षित देखिनुका साथै पालिकाको यस्तो कदमले अभिभावहरूले समेत खुसी व्यक्त गरेका छन् ।

शैक्षिक गुणस्तर बृद्धिको कामलाई प्राथमिकतामा राखेर नै पालिकाले शिक्षा क्षेत्रमा ठुलो लगानी गरेको पालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले जानकारी दिनुभयो, उहाँले थप्दै भन्नुभयो, ‘गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरू व्यवस्थित गराउन आफू प्रतिबद्ध रहेको र बालकक्षादेखि नै प्रविधि मैत्रि शिक्षाको सुरूवात गरेको र शैक्षिक गतिविधिलाई बलियो बनाउन आवश्यकता अनुसार विद्यालयमा पालिकाले आफ्नै पहलमा जनशक्ति व्यवस्थापन समेत गरेकोछ’।

गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले बालबालिका अब सफा र चिटिक्क परेको कक्षाकोठामा बसेर पढ्न पाउने बताउँदै आगामी दिनहरूमा विद्यालयको विविध पक्षमा यसरी सुधार गर्ने प्रतिवद्धता गर्नुभयो ।

यसैगरी शिक्षा अधिकृत जनक कुमारी राईले कार्पेट र पिफर्म सहयोगपछि आगामी दिनमा विद्यार्थीहरुलाई सुरक्षित र व्यवस्थित कक्षा कोठामा अध्ययन गर्न पाउने वातावरण सृजना हुने बताउनुभयो ।

शिक्षा जीवनको आधार हो र यो ज्ञान, सीप र क्षमता प्राप्तिको माध्यम पनि हो। यी ज्ञान, सीप र क्षमता वृद्दिको लागि पढ्नु पर्छ वा साक्षर हुनुपर्छ।यसका लागि विद्यार्थी र कक्षाकोठा पनि सफा सुग्घर हुनका साथै विद्यालयको वातावरण पनि व्यवस्थित हुनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search