हल्दिबारी गाउँसभाको १६ औँ अधिवेशन सम्पन्न

झापा।हल्दिबारी गाउँसभा को १६ औँ अधिवेशन आज माघ १९ गते  सम्पन्न भएको छ। हल्दिबारी गाउँसभा का सभा अध्यक्ष रविन्द्र प्रसाद लिङदेन को अध्यक्षतामा भएको सभामा वडा नं ५ का वडा अध्यक्ष खडग लावती, गाउँसभा सदस्य कर्ण भण्डारीले शुभकामना मन्तव्य राखेका थिए भने
समसामयिक विषयमा गाउँसभा सदस्य रचना कुलुङले सभाको ध्यान आकर्षण गराएकी थिइन।

आजको सभाबाट हल्दिबारी गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७८ संसोधन गर्न बनेको विधेयक २०८०, हल्दिबारी गाउँपालिकाको करारमा नगरर गाउँ प्रहरी सञ्चालन तथा व्यवस्था सम्बन्धी ऐन २०८० र शैक्षिक क्षेत्र व्यवस्थापन गर्न बनेको ऐन २०७९ संसोधन गर्न बनेको विधेयक २०८० सभाबाट सर्वसम्मत रूपमा पास भएको छ।
सभाको पहिलो बैठक माघ १० गते बसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search