सेनेटरी प्याड बनाउने तालिम हल्दिबारीमा सम्पन्न

झापा। स्थानीय स्तरमै सेनेटरी प्याड बनाउने तालिम हल्दिबारी गाउँपालिका वडा नं ४ मा सम्पन्न भएको छ।

माघ १२ गतेदेखि हल्दिबारी गाउँपालिका वडा नं ४ र श्री पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समुहको संयुक्त आयोजनामा संचालित तालिममा वडा नं ४ का ३० जना महिलाहरूको सहभागीता रहेको थियो ‌।


वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा को अध्यक्षतामा भएको समापन समारोहमा प्रमुख अतिथि हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली रहेकी थिइन् भने वडा सदस्य सुरेन्द बाराकोटी,स्वास्थ्य चौकी जलथलका प्रमुख माधवप्रसाद यादव, महेन्द्र मा वि का प्र अ चक्र बस्नेत, प्रहरी चौकी जलथलका प्रमुख देवेन्द्र आङदेम्बे, पाथीभरा कालीका वन समूहका अध्यक्ष सागर पोर्तेल लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै वडा नं ४ का वडाध्यक्ष थापा ले जिविकोपार्जन सँग जोडिएको यस्ता कार्यक्रममा वडा ले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
यस्तै हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली ले सिकेको सीप लाई व्यवसाय का रूपमा अघि बढाउन आग्रह गरेकी थिइन्।
८ दिने सम्म चलेको तालिमबाट प्रशिक्षार्थीहरू सेनेटरी प्याड बनाउन सफल भएको सहभागी भावना मैनाली ले बताइन्।

महिला दिदीबहिनीहरु लाई अत्यावश्यक पर्ने प्याड स्थानीय स्तरमै गुणस्तरिय तयार गर्न सके त्यसलाई बजारीकरणमा सहयोग गर्ने पाथीभरा कालीका वन समूहका अध्यक्ष पोर्तेलले बताए।
सुतीको गुणस्तरीय कपडामा निर्मित यो प्याड स्वास्थ्य का दृष्टिकोणले पनि महत्वपूर्ण रहेको प्रशिक्षक सरस्वती चम्लागाईले जानकारी दिइन्।

कार्यपालिका सदस्य भावना दाहाल ले स्वागत गरेको कार्यक्रमको संचालन वडा सचिव जयप्रसाद पोखरेलले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search