पृथ्वी बहुउद्देश्यिय विधुत उपभोक्ता समिति भद्रपुर द्वारा इन्डकस्न चुलो बितरण

झापा।पृथ्वी बहुउद्देश्यिय विधुत उपभोक्ता समिति भद्रपुरले सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय महासंघ को सहकार्यमा १०० घर परिवारलाई विधुतीय चुलो (इन्डक्सन) बितरण गरेको छ।


समितिका अध्यक्ष चन्द्रबहादुर तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भद्रपुर वडा नं १ का वडा अध्यक्ष रामबहादुर अधिकारी रहेका थिए। सामुदायिक विधुत उपभोक्ता महासंघ झापाका अध्यक्ष चेतराज भट्टराई, राष्ट्रिय महासंघ का फिल्ड अफिसर मिन थापा लगायत को उपस्थिति रहेको थियो।उपभोक्ताहरु को ग्यासमा हुने मासिक खर्च घटाउन इन्डक्सन चुलो उपयुक्त हुने साथैग्यास को तुलनामा ५० प्रतिशत खर्च बचत हुने भएकाले यसको वितरण सुरु गरिएको थापाले जानकारी दिए।नेपाल सरकार बाट चुलो परिक्षण गर्ने संस्थाबाट रेस पास भएका ब्राण्ड का भएकाले सुरक्षित रहेको पनि उनले जानकारी दिए।२ हजार वाट तापशक्ति रहेको यो चुलो ले सामान्य परिवारमा प्रतिमहिना ७५ युनिट मात्रै विधुत खपत हुने बताए।

Advertisement

endev काे आर्थिक सहयाेग, प्राक्टिकल एक्सनकाे प्राबिधिक सहयाेग, सामुदायिक बिधुत उपभोक्ता राष्ट्रिय महासंघ काे सहजिकरण र पृथ्वी बहुउद्देश्यीय विधुत उपभोक्ता समिति को समन्वय मा संचालित नेपालमा विदुतिय चुलाेकाे दिगाे वजार विकास परियाेजना अन्तर्रगत झापामा आज यो कार्यक्रम को शुभारम्भ भएको हो।
पृथ्वी बहुउद्देश्यिय का अध्यक्ष तामाङले पहिलो चरणमा १ सय घर र उपभोक्ता को मागको आधारमा फेरि वितरण गर्न बताएका थिए।

यसैगरी सुरूका ४ महिनामा उपभोक्ताहरु लाई ४८० रूपैयाँ छुट दिने र अति विपन्न लगायत लक्षित वर्गका मानिसहरूलाई वडाका सिफारिशको आधारमा विधुतीय संरचना सुधार गर्न थप १६ सय ५० रूपैयाँ सम्म सहयोग गर्न सक्ने पनि जानकारी गराईएको थियो।
यसैगरी झापाका अध्यक्ष भट्टराईले
दाउरा तथा ग्यासको प्रयोग घटाउन तथा वातावरणीय प्रदूषण केही मात्रा मा भएपनि रोक्न इन्डक्सन उपयुक्त हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search