स्वर्गद्वारी शिवालय मन्दिरलाई संविधानसभा सदस्य केदार सन्जेल द्वारा ३ लाख सहयोग

झापा। हल्दिबारी गाउँपालिका वडा नं ३ देवनीया नदी किनारमा रहेको शुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिरलाई संविधान सभा सदस्य केदार प्रसाद सन्जेल र उनको परिवारले ३ लाख रूपैँया सहयोग गरेका छन्।

मन्दिर व्यवस्थापन समितीका अध्यक्ष गोविन्द बोहोरा लाई उनले ३ लाख रूपैँया को चेक हस्तान्तरण गरेका थिए। मन्दिरलाई दिर्घकालिन रूपमा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न लागिएकोले त्यसलाई सहयोग होस् भनेर सहयोग गरेको उनले बताए।सन्जेल का दाई थिरनाथ सन्जेल (पारस)को वि सं २०४३ साल तिर हाल मन्दिर रहेको स्थल नजिकै अप्रत्यासित रुपले देहान्त भएकाले उनको सम्झनामा सहयोग गरेको र आगामी दिनमा पनि गर्ने बताए।

मन्दिरका पुजारीलाई मासिक रूपमा दिइने पारिश्रमिक र अखण्ड बत्तीका लागि पनि उनले साथ दिने प्रतिवद्धता जनाएका छन्। कार्यक्रममा मन्दिर व्यवस्थापन समितीका अध्यक्ष गोविन्द बोहोरा, उपाध्यक्ष लालबहादुर कन्दङ्वा, सचिव तारा बोहोरा लगायत समितिका पदाधिकारीहरु को उपस्थिति रहेको थियो।

यो धार्मिक क्षेत्रमा शिवालय, दुर्गा मन्दिर, नाग मन्दिर, किरात माङहिम रहेका छन् भने बौद्ध गुम्बा पनि निर्माण भइरहेको छ। सबैको सहयोग र प्रयत्नले यो क्षेत्र हल्दिबारी को धार्मिक तथा पर्यटकिय गन्तब्य बन्न सक्ने पर्याप्त सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search