झापा। हल्दिबारी वडा नं १ को गरमकाली आधारभुत विद्यालयलमा ५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ।
विद्यालयका संस्थापक समेत स्वर्गिय श्रीलाल र माता जानुका भट्टराईको स्मृतीमा उनका छोराबुहारी मेघनाथ र सावित्रा भट्टराईले नगद ५ लाख रुपैयाको श्रीलाल अक्षय कोषको स्थापना गरेका हुन।
आज सरस्वती पुजाको अवसरमा श्रीलाल अक्षय कोषका दाता भट्टराई परिवारलाई विधालयले सम्मान गरेको छ । हल्दिबारी गाँउपालिकाका अध्यक्ष तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि रवीन्द्रप्रसाद लिङदेनले अक्षय कोषको स्थापना गरिदिने भट्टराई दम्पती लाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरेका थिए।
यसैगरी हल्दिबारी गाउँपालिका वडा नं २मा अवस्थित हल्दिबारी नमूना माध्यमिक विद्यालयमा तेह्रथुम जिल्ला , आठराई गा.पा. ६ चुहानडाँडा जन्म भई हाल बिर्तामोड ४ झापा निवासी खगेन्द्र मैनाली र मन्दिरा मैनालीले आफ्ना दिवंगत पितृहरू स्वर्गीय पिता मेदनिप्रसाद मैनाली तथा माता सीतादेवी मैनालीको स्मृतिमा विद्यालयमा वाणीकी अधिस्ठात्री देवी पराम्बा माता भगवती सरस्वतीको अनुपम सौन्दर्य मूर्ति प्रदान गरेका छन् ।
जम्मा ६५ हजार ४ सय मूल्य बराबरको मूर्ति मैनाली दम्पत्तिले विद्यालयलाई हस्तान्तरण गरेको विद्यालयका प्रधानध्यापक टंक बहादुर पाख्रिनले जानकारी दिए।