हल्दिबारी गाउँपालिकाको वार्षिक प्रगति समिक्षा सम्पन्न

झापा।हल्दिबारी गाउँपालिकाको गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगती समिक्षा सम्पन्न भएको छ।

Advertisement

५ वटै वडा कार्यालयहरूले गरेका विकास निमार्णका कार्यहरू ,व्यक्तिगत घटना दर्ता,राजश्व संकलन, जनगुनासो लगायतका विषयमा वडा सचिवहरूले आ-आफ्नो प्रस्तुती गरेका थिए। यसैगरी हल्दिबारी स्वास्थ्य चौकी र गोलधाप स्वास्थ्य चौकी को बारेमा स्वास्थ्य चौकी प्रमुखहरू ले अवगत गराएका थिए।
यसैगरी पालीकाको आधारभूत अस्पतालले सेवा संचालन, आवश्यकता र सुधार गर्नुपर्ने विषयहरू बारे अस्पतालका स्वास्थ्यकर्मी जय बोहोरा ले जानकारी गराएका थिए।स्वास्थ्य शाखाको विषयमा स्वास्थ्य शाखा प्रमुख प्रकास खतिवडाले जानकारी गराएका थिए।
हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र,५ वटै वडाका वडाध्यक्षहरू क्रमशः देवीबहादुर थापा, शुकलाल राजवंशी, विष्णु ओली, सन्तकुमार थापा र खड्ग लावती सहित वडा सदस्यहरू, शाखा प्रमुखहरू सहित कर्मचारीहरु को उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले समिक्षात्मक गोष्ठीले वडा तथा शाखा हरूको गतिविधि बुझिने तथा सुधार्न पर्ने विषयहरु आउने भएकाले यो कार्यक्रम महत्पूर्ण रहेको बताए।
एउटा वडाको राम्रो र सफल कार्यक्रम भएमा सल्लाह सुझाव लिएर अरू वडा ले पनि अनुशरण गर्नुपर्ने धारणा राखेका थिए।
यसैगरी प्रशासकीय अधिकृत वनले सबै कर्मचारीहरू लाई आ-आफ्नो जिम्मेवारी पूरा गर्न सुझाब दिएका थिए भने हल्दिबारीका सबै जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी भएकाले कर्मचारीहरू लाई पनि काममा सहज भएको धारणा राखेका थिए। यसैगरी कर्मचारीहरू बाट कुनैपनि काममा ढिलासुस्ती नहुने बताएका थिए।
कार्यक्रमको संचालन योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search