चैत १६ देखि काठमाण्डौँमा राप्रपाले जनसङ्घर्ष गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी चैत १६ गतेदेखि काठमाण्डौं केन्द्रित जनसङ्घर्ष गर्ने घोषण गरेको छ।

पार्टीले फागुन ९ गते नेपाल सरकार समक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन देशका सबै जिल्लामा जनदबाबका कार्यक्रम संचालन गर्ने सहित काठमाण्डौंमा जनसङ्घर्ष गर्ने निर्णय गरेको हो।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार राप्रपाले आज राजधानीमा सबै जिल्लाको प्रतिनिधिमूलक आन्दोलन सम्बन्धी प्रशिक्षण गरेको छ।

राप्रपाले फागुन २३ गते जिल्ला तहमा तयारी बैठक र प्रशिक्षण, फागुन २८ गते संघीय र प्रदेशसभा निर्वाचन क्षेत्रमा, सबै स्थानीय तहमा तयारी बैठक, चैत ७ गतेसम्म सबै जिल्लामा प्रचारात्मक कार्यक्रम, घरदैलो, कोणसभा र साना ठूला सभा गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

यसैगरी चैत १० गते देशका मुख्य सहरमा मोटरसाइकल ऱ्याली, चैत १४ गते पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले राष्ट्रिय झण्डा सहित राजधानीमा परेड प्रदर्शन गर्ने कार्यक्रम तय भएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search