सुरेश्वर स्वर्गद्वारी शिवालय हल्दिबारीमा ,मार्कण्डेय महापुराण सुरू

झापा । हल्दिबारी-३ को सुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिरमा फाल्गुण १८ गतेदेखि मार्कण्डेय महापुराण सुरु भएको छ। फागुन २६ गतेसम्म सञ्चालन हुने श्रीमद् मार्कण्डेय महापुराण नवाह ज्ञान महायज्ञको पूर्वाङ्गमा विहान कलश यात्रा गरिएको थियो।
मन्दिर परिसरमा निर्माणाधीन सत्सङ्ग भवनलाई पूर्णता प्रदान गर्न तथा धार्मिक एवं पर्यटकीय स्थल सुरेश्वर स्वर्गद्वारी क्षेत्रको विकास गर्ने उद्देश्यले मार्कण्डेय महापुराण सुरु गरिएको आयोजकले जनाएका छन्।

मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द बोहोराको सभापतित्व तथा संविधानसभा सदस्य केदारप्रसाद संजेलको प्रमुख आतिथ्यमा पुराण उद्घाटन कार्यक्रम भएको हो । उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि संजेलले यस क्षेत्रको दीगो बिकासमा सहयोग पुर्याउने वचन दिदै विभिन्न दाताहरुबाट मन्दिरको मुल गेट , हनुमानको मन्दिर र मन्दिरको रंग रोगन आदि कार्य भइरहेकोमा खुसी व्यक्त गर्दै मन्दिरको सौन्दर्य सुधारमा आफू पनि लागीपर्ने बताउनु भएको थियोे ।
पण्डित प्रदीप भण्डारी प्रमुख कथा वाचक र पण्डित अनिसकृष्ण भण्डारी उपवाचक रहनु भएको महापुराणको उद्घाटन कार्यक्रममा स्थापनाकालदेखि सहयोग पुर्‍याउने मन्जु थापा क्षेत्री र नेत्रराज थापा क्षेत्रीलाई सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष लालबहादुर कन्दङ्वाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन देविका अधिकारीले गर्नुभएको थियो ।प्रत्येक वर्ष विभिन्न पुराण लगाउने गरिएको मन्दिरमा व्यवस्थापन समितिले १८ वटै पुराण लगाएर त्यसक्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search