झापा।रोजगार सेवा केन्द्र हल्दिवारी गाउँपालीकाद्वारा श्रमको सम्मान राष्ट्रको अभियान न्युनतम रोजगार, नागरिकको अधिकार ‘ भन्ने मूल अभिप्रायका साथ अभिमुखीकरण सम्पन्न गरेको छ।
हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, वटै वडाका वडाध्यक्षहरू , कार्यपालिका सदस्यहरू , वडा सदस्यहरु, ५ वटै वडाका वडा सचिवहरु , शाखा प्रमुखहरु र टोल विकास संस्थाका प्रतिनिधिहरु तथा पालिकाका कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रममा रोजगारमा को को सहभागी हुन पाउने? निवेदन कहाँ र कहिले कसरी दिने लगायतका विषयमा रोजगार संयोजक सपना न्यौपानेले प्रष्ट पारेकी थिइन।
प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन ( महेन्द्र ) ले स्वागत गरेको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष रविन्द्र लिङदेन ले साच्चै का बेरोजगार छनौट गरेर १०० दिनको श्रममा सहभागी गराउन वडा मार्फत आग्रह गरेका थिए।
रोजगार सेवा केन्द्रले वडा बापत बाट निवेदन माग गरेर छनौटका मापदण्ड अनुसार छनौट गरी १०० दिन को रोजगारीमा सहभागी गराउने गरेको छ।