झापा । राप्रपा को जनजागरण सभा बिर्तामोडमा भव्य रूपमा सम्पन्न भएको छ।
जनसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राष्टिय गणतन्त्र, संघियता र धर्मनिरपेक्षता कमजोर भईसकेकाले धेरै समय नटिक्ने बताए।
पटक पटक शासन सत्ता हातमा लिँदा पनि काँग्रेस, एमाले र माओवादीले देश बनाउन नसकेको भन्दै लिङदेनले अब देश बनाउने काममा राप्रपाले नेतृत्व गर्ने बताए। यसैगरी उनले संघीयता चाहिने र संघीयता नचाहिने राजनितिक दलहरुको कित्ताकाट हुनुपर्ने तर्क गरे।
कार्यक्रममा राप्रपा प्रवक्ता एवंम प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गणतन्त्र मा जनताले झन दुख पाएको बताए, उनले भने ” गणतन्त्र पछी सवारी साधन खरिदमा अरबौँ खर्च र भष्ट्राचार गरेका छन्,त्यो रकम अस्पताल तथा विधालयमा खर्च गरिएको भए जनताले केही राहत पाउने थिए ”
सरकारले राजाका पालामा बनेका अस्पतालको नाम मात्रै फेरेको तर गुणस्तरीय सेवा प्रवाहमा ध्यान नदिएको भन्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारलाई अघि बढाउने र देश विकास गर्ने जिम्मा अव राप्रपा को भएको बताए। यस्तै उनले सरकारी ऋण बढाउने मात्रै काम भएकाले प्रदेश सरकारको कुनै काम नभएको जिकिर गरे।
यस्तै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशको अवस्था बदल्न अहिलेको व्यवस्था नै परिवर्तन गर्नुपर्ने टिप्पणी गरे । उनले देशमा गणतन्त्र आएपछि विदेशी को हस्तक्षेप , महंगी तथा भ्रष्टाचार पनि बढेर गएको दाबी गर्दै यो व्यवस्था देशले धान्न नसक्ने बताए।
उपाध्यक्ष बुद्धीमान तामाङ्गले परिवर्तनको लागि एकपटक सबै जागरुक हुन आग्रह गरेका थिए। भष्ट्राचार र महंगी को अन्तय तथा रोजगारीको सिर्जना राप्रपाको मुख्य लक्ष्य रहेको बताए।
यसैगरी प्रशिक्षण विभाग उपप्रमुख खुश्बु ओलीले संघियताले विखण्डन ल्याउने र विदेशीको हस्तक्षेप बढ्ने भएकाले संघियता खारेज हुनुपर्ने बताइन्।
सभालाई सम्बोधन गर्दै उनले “१४ महिनामा ४ पटक सरकार परिवर्तन भएको र सरकारमा रहुन्जेल भष्ट्राचारलाई नुन र हटेपछि सुन देख्ने भन्दै सबै पार्टी सत्ता केन्द्रित भएको जिकिर गरिन् । भष्ट्राचारका फायल सरकारमा पुगेपछि नदेख्ने प्रवृत्ति आज पनि उस्तै रहेकाले अवस्था परिवर्तन गर्न व्यवस्था परिवर्तन आवश्यक भएको धारणा राखेकी थिईन्।
राप्रपाका नेताहरुले चैत २७ गतेदेखि काठमाण्डौ केन्द्रीत हुने आन्दोलनमा सहभागि हुन सबै झापालीलाई अपिल समेत गरेका छन ।
कार्यक्रममा इलामको तत्कालीन कन्याम गाविस अध्यक्ष मा एमालेबाट निर्वाचित तारा नेपाल, नेपाली कांग्रेसका प्रदेश सदस्य अच्युत दाहाल लगायत दर्जनौंले राप्रपा प्रवेश गरेका थिए।
हजारौँ कार्यकता को उपस्थिति रहेको कार्यक्रम राप्रपा झापाका अध्यक्ष केशब ओझाको सभापतित्व र सचिव कुमार थापाको संचालनमा सम्पन्न भएको थियो ।