हातिपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रममा हल्दिबारी गाउँपालिका उत्कृष्ट, स्वास्थ्य मन्त्रालयद्वारा सम्मान

588 views

झापा।आ व २०७९/८० को हातिपाईले रोग विरुद्ध को आम औषधी सेवन कार्यक्रममा झापा जिल्ला अन्तर्गत हल्दिबारी गाउँपालिकाले उत्कृष्ट कार्य सम्पादन गरेँ बापत स्वास्थ्य सेवा विभागले उत्कृष्ट मुल्यांकन गरि सम्मान गरेको छ ।


सवै स्वास्थ्यकर्मी , जनप्रतिनिधिहरु, सरोकारवाला तथा कर्मचारी हरूको खटाई र सकृयताले यो सम्मान मिलेको गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन ले बताए।

स्वास्थ्य स्वयंमसेविकाहरू, औषधि सेवन गर्ने सवै जन समूदाय, राजनैतिक नेतृत्व सन्चारकर्मी लगायत सवैको महत्वपुर्ण सहभागीता नै सफलताको आधार भएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताए।

यसैगरी आगामी २०८१ बैशाखमा फेरी हुने अभियान संचालन हुन गईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search