हल्दिबारी गाउँपालिकाद्वारा विपन्न आवासका १२ घर परिवारको निःशुल्क स्वास्थ्य बिमा

झापा । हल्दिबारी गाउँपालिकाले निर्माण गरेको आवास भवनमा बसोवास गर्ने १२ घरपरिवारको निशुल्क स्वास्थ्य बिमा गरिदिएको छ।


हल्दिबारी गाउँपालिकामा भएका अति विपन्न नागरिकहरुको छनौट गरेर आवास हस्तान्तरण गरेको पालिकाले त्यहाँ बस्ने परिवारका ५० जना को स्वास्थ्य बिमा गरि आज बिमा कार्ड वितरण गरिएको हो। उनीहरूको बिमा वापत गाउँपालिकाले ४४ हजार ८ सय खर्च गरेको छ।
विपन्न नागरिकहरुले सर्वसुलभ रूपमा स्वास्थ्य सेवा लिन सकुन भनेर यो कार्यक्रम गरिएको अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले बताए।
कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले जनताहरूले दुख परेको बेला स्थानीय सरकार भएको आभास गर्न पाउनुपर्छ भन्ने मान्यताले गाउँपालिकाले जनताले प्रत्यक्ष लाभ लिन सक्ने कार्यक्रम गरिरहेको जानकारी दिए।
उनले आफ्नो वसोवास भएको ठाउँको सरसफाई गर्न, मिलेर बस्न सबैलाई अनुरोध गर्दै केही समस्या भए पालिकाले समाधान गर्दिने प्रतिबद्धता जनाएका थिए।
१२घरपरिवार वसोवास गरिरहेको आवास क्षेत्रमा शौचालय, विधुत,पानी लगायत का अत्यावश्यक सेवा सुरूवात बाटै उपलब्ध गराइएको छ भने विधार्थीहरुका लागि नजिकै विद्यालय तथा गाउँपालिका को आधारभूत अस्पताल पनि सेरोफेरो मै रहेको छ।
कार्यक्रममा हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, सबै वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू,वडा सदस्यहरू, स्वास्थ्यकर्मीहरु, संचारकर्मी, समाजसेवी लगायत त्यहाँका स्थानिय वासिन्दाहरूको उपस्थिति रहेको थियो।

Advertisement

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search