झापा। हल्दिबारी गाउँपालिकाले आज एक कार्यक्रमका बीच अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री वितरण गरेको छ।
गाउँपालिकाले सुचना निकालेर आवश्यक सामाग्रीहरु माग गर्न भनेको थियो। सोही अनुसार अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकताको आधारमा १० वटा ह्विलचियर,१ सेट वैशाखी,२ थान श्रवण यन्त्र र १ थान सेतो छडी वितरण गरिएको हो।
हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली सहित जनप्रतिनिधिहरू तथा सरोकारवालाहरूको उपस्थितिमा भएको कार्यक्रममा अध्यक्ष लिङदेनले अपाङ्गता भएका व्यक्तिहरूलाई केही मात्रामा भएपनि हिडडुल गर्न सजिलो होस भनेर सहायता सामाग्री वितरण गरिएको र छुटेका अन्य नागरिकहरुलाई फेरि पनि वितरण गरिने बताएका थिए।
यसैगरी उपाध्यक्ष मैनालीले हरेक गतिविधिमा सबैको समतामूलक सहभागीता आवश्यक रहेको र सहजीकरणका लागि यो कार्यक्रम राखिएको बताएकी थिइन्।
योजना शाखा प्रमुख राजन न्यौपानेले कार्यक्रमकोऔचित्य प्रष्ट पारेका थिए भने महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापाले सहजीकरण गरेकी थिइन्।