मेलमिलापकर्ताका लागि पुनर्ताजगी तालिम सम्पन्न

466 views

झापा।हल्दिबारी ‌गाउँपालिकाका मेलमिलापकर्ताहरूका लागि संचालन गरिएको ५ दिवशिय पुनर्ताजगी  तालिम आज सम्पन्न भएको छ ।

५ वटै वडाका मेलमिलाप कर्ताहरु सहभागी तालिममा झापा जिल्ला का जिल्ला न्यायाधीशहरू अशोक बस्नेत, नविन खडका, रामप्रसाद पौडेल, नगेन्द्र केशरी पोखरेल, तेजबहादुर थापा लगायत ले प्रशिक्षण गरेका थिए।


कार्यक्रममा न्यायिक समितिमा आउने समस्याहरु , वादविवाद, मुद्दाहरू लगायतका विषयहरुमा कसरी छलफल गर्ने, न्यायिक समिति, मेलमिलाप समितिको काम कर्तव्य र अधिकारका विषयमा विषयविज्ञहरूले प्रशिक्षण गरेका थिए।
मेलमिलापका आधारभूत सिद्धान्त, महत्व, पारदर्शिता तथा गोपनीयताको बारेमा प्रष्ट पारिएको तालिममा फिराद लेखन, अदालतको काम लगायत विषयमा जानकारी गराईएको थियो।
समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।

हल्दिबारी गाउँपालिका उपाध्यक्ष एवं न्याय समिति संयोजक लक्ष्मी मैनालीको अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन,४ नं वडा अध्यक्ष सन्तकुमार थापा कार्यपालिका सदस्य शान्ता शिवाकोटी,भागिरथा दाहाल, वडा सदस्यहरू सुरेन्द्र बाराकोटी, शान्ता गहतराज,निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने लगायत को आतिथ्यता रहेको कार्यक्रमको संचालन प्रलाद सिलवालले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search