वेस्ट इन्डिजमाथि ६ विकेटले नेपाल विजयी

343 views

नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेस्ट इन्डिज एमाथि ६ विकेटको जित हात पारेको छ।५ खेलको सिरिजमा तीन खेल जित्दै वेस्ट इण्डिजले उपाधि हात पारेको छ।

शनिबार भएको पाचौँ खेलको १७३ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नटआउट रहे।

नेपालका ओपनर आसिफ शेखले ५१ रन र अनिल शाहले ५८ रन बनाए।ओपनर कुशल भुर्तेल १३ रनमा आउट भए। दीपेन्द्रसिंह ऐरी ५ रनमा आउट भए।ओबेद म्याककोयले ३ र म्याथ्यु फर्डले १ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search