झापा। मेचे युवा क्लब हल्दिबारी गाउँपालीका वडा नं ४को आयोजनामा साविक जलथल ५,६ र ७ नं गरेर टोल स्तरीय लिगकम फूटबल प्रतियोगिता २०८१ आज सुरु भएको छ।
आज जलथल ६ र ७ बिच भएको पहिलो खेलमा दुवै टिमले १/१ को बराबरी हुदै अंक बाडेका छ्न ।
खेलको १० औ मिनेटमा जलथल ७ का खेलाडी मिलन राई ले गोल गरेका थिए भने जलथल ६ का थिङहाङ लिम्बुले गरेको गोलले खेललाई बराबरीमा रोकेको हो।
आजको खेलको म्यान अफ दि म्याच जलथल ६ का खेलाडी थिङहाङ लिम्बु घोषित भएका थिए।
सचिन मेचेको अध्यक्षतामा भएको आजको समुदघाटन कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा रहेका थिए भने विशेष अतिथि वडा सदस्य एवं खेल संयोजक सुरेन्द्र बाराकोटी, कार्यपालिका सदस्य भगिरथा दाहाल रहेका थिए। यसैगरी अतिथिहरुमा महेन्द्र मा वि विद्यालय व्यवस्थापन समितीका अध्यक्ष एकराज राना मगर, कृष्णसागर अंग्रेजी विद्यालयका सहायक प्र अ योगेश कार्की लगायत को आतिथ्यता रहेको कार्यक्रममा स्वागत मन्तब्य सह सचिव भरत ढकाल र संचालन खेल समितिका सचिव अनिल चौहानले गरेका थिए।
खेल जेठ ५ गते समापन हुने आयोजकले जनाएको छ।