हल्दिबारी गाउँपालिका वडा नं ४ ले आज एक कार्यक्रमका बिच विपन्न परिवारका ५० घरपरिवारलाई निशुल्क स्वास्थ्य बिमा कार्ड वितरण गरेको छ भने गत आर्थिक वर्षमा बिमा गरिदिएको ५० घरपरिवारको स्वास्थ्य बिमा नविकरण गरिदिएको छ।
वडा कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत स्वास्थ्य बिमा कार्यक्रम समिटिएको छ।
नयाँ बिमा गर्न र नविकरण बापत ३ लाख ५० हजार खर्च भएको वडा अध्यक्ष सन्तकुमार थापाले जानकारी दिए।
अति विपन्न नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर गत वर्ष देखि नै यो कार्यक्रम गरिदै आएको पनि उनले बताए।
स्वास्थ्य उपचारको लागि हल्दिबारी गाउँपालिकामै २४ सै घण्टा स्वास्थ्य सेवा संचालन भैरहेको हल्दिबारी आधारभूत अस्पताल पनि रहेको छ।
कार्यक्रममा वडा अध्यक्ष सन्तकुमार थापाको अध्यक्षता रहेको थियो भने वडा सदस्यहरू भागिरथा दाहाल, सुरेन्द्र बाराकोटी, शान्ता गहतराज यसैगरी महेन्द्र मा वि का प्र अ, जलथल स्वास्थ्य चौकी ईन्चार्ज माधवप्रसाद यादव लगायत को उपस्थिति रहेको थियो।
स्वास्थ्य बिमा कार्ड लागु हुने समय, यसवाट पाउने सुबिधा लगायतका विषयमा वडाका बिमा दर्ता सहयोगी प्रकाश खतिवडाले प्रष्ट पारेको कार्यक्रमको संचालन वडा सचिव जयप्रसाद पोखरेलले गरेका थिए।