च्याउ खेती सम्बन्धी तालिम सम्पन्न ,व्यवसायिक बन्न अध्यक्षको आग्रह

292 views

झापा। च्याउ खेती प्रविधि सम्बन्धी ४ दिवशिय तालिम आज एक कार्यक्रमका बिच समापन भएको छ। गरिब सँग विशेश्वर कार्यक्रम अन्तर्गत हल्दिबारी गाउँपालिका वडा नं ४ को च्यांग्राबन्दा टोलमा संचालन भएको तालिममा हल्दिबारी वडा नं ३,४ र ५ का ३० जना कृषकहरूलाई सैद्धान्तिक एवंम प्रयोगात्मक तरिकाबाट प्रशिक्षण गरिएको थियो।

तालिममा सहभागी कृषकहरूले संयुक्त रूपमा च्याउ उत्पादन गर्ने खेती सुरु गरेका छन्। गत वर्षबाट सुरु गरिएको यो कार्यक्रमबाट कृषकहरूले लाभ लिइरहेका छन्। उनीहरूले उत्पादन गरेको च्याउ बजारमा बिक्री गरिरहेका छन् भने माग धान्न नि गार्हो भइरहेकोले यसपटक धेरै उत्पादन गर्ने उनीहरुको लक्ष्य रहेको छ।

करिब २ लाख लागतमा कार्यक्रम संचालन गरिएको कार्यक्रम संयोजक मिना उप्रेतीले जनाइन्। समापन कार्यक्रममा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन,४ नं वडाका वडाध्यक्ष सन्तकुमार थापा वडाध्यक्षहरु क्रमशः विष्णुप्रसाद ओली, सन्तकुमार थापा , कार्यपालिका सदस्य बिजय राजवंशी,वडा, सदस्य प्रकाश कार्की, सहकारी शाखा प्रमुख कविता कर्ण लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरेका थिए। जिविकोपार्जन सँग जोडिएको थोरै लगानीमा उत्पादन गर्न सकिने च्याउ खेती समुहमा गरेर हल्दिबारीको माग धान्न सके बाहिरबाट ल्याउन रोक लगाउन सकिने समेत बताए। यसैगरी वडा नं ४ का वडाध्यक्ष थापाले उत्कृष्ट रूपमा काम गर्ने कृषक वा समुहलाई प्रोत्साहन स्वरुप आवश्यकताको आधारमा कृषि सामग्री वितरण गरिने बताए।

यसैगरी सहभागीहरुले छोटो समयमा सिक्न सक्ने तथा तत्कालै फाइदा लिन सक्ने तालिम उपलब्धिमूलक रहेको धारणा राखेका थिए। कार्यक्रममा संगठित समूहका सदस्यहरूलाई च्याउको बिऊ तथा आवश्यक सामाग्रीहरु समेत वितरण गरिएको थियो। हल्दिबारी गाउँपालिका कि कृषि अधिकृत विपना सिलवाल ले प्रशिक्षण गरेको कार्यक्रमको संयोजक मिना उप्रेती रहेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search