इलाम ८ मा राप्रपाको वडा कमिटी गठन, अध्यक्षमा जिवन सापकोटा

428 views

इलाम । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको इलाम न पा वडा नं ८ मा वडा कमिटी गठन गरिएको छ। इलामको तिल्केनीमा राप्रपा जिल्ला अध्यक्ष राजेन्द्र चौहान को अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय शिक्षा विभाग सदस्य एवम् गत बैशाख १५ गते सम्पन्न इलाम क्षेत्र न २ को उपनिर्वाचनमा रा प्र पा को तर्फबाट प्रत्यासी उम्मेदवार लक्ष्मी गुरुङ को प्रमुख आतिथ्यता रहेको थियो।
भेलाले जीवन सापकोटा को अध्यक्षतामा ८ सदस्यीय वडा कमिटी गठन गरेको छ ।


निर्वाचित पदाधिकारीलाई अतिथि हरूले प्रमाणपत्र वितरण सँगै अबिर लगाएर सम्मान गरेका थिए।
कार्यक्रममा इलाम न पा ५ का वडा कमिटी अध्यक्ष बिश्वनाथ भट्टराई , सदस्यहरू लोकनाथ आचार्य ,लक्ष्मीकान्त सापकोटा समेतको उपस्थिति रहेको थियो ।
जीवन सापकोटा ले स्वागत गरेको कार्यक्रमको संचालन जिल्ला समिति सचिव सुर्य कुमार रिजालले गरेका थिए।
राप्रपाले पछिल्लो समय इलाममा संगठन विस्तार तिव्र पारिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search