सुन्दरपुर एफ सि सँग ३-० गोल अन्तरले आदर्श मैदान एकाडेमी पराजीत

615 views

झापा – पहिलो सुन्दरपुर मिनी गोल्डकप २०८१ को दोश्रो दिनको खेलमा आयोजक सुन्दरपुर एफ सि सङ्ग सँग आदर्श मैदान एकाडेमी विर्तामोड ३-० को फराकिलो गोल अन्तरले पराजीत बनेको छ।

Advertisement

सुन्दरपुर एफ सि को तर्फ बाट जर्सी नं ११ का श्याम मुर्मु ले खेल को २५ औ मिनेट मा पहिलो गोल गरि खाता खोलेका थिए । मध्यान्तर पछि पछि पुन : श्याम मुर्मु ले लगातार २ गोल गरि ह्याट्रीक गर्दै सुन्दरपुर एफ सि लाई बिजयी सुरुवात गरेका थिए।आदर्श खेल मैदान एकाडेमीले रक्षात्मक खेल खेल्न नसक्दा ३-० गोल ले पराजित बन्न पुगेको थियो।
आजका लागि ह्याट्रीक गोलकर्ता श्याम मुर्मु ले म्यान अफ दि म्याच घोषित भएका थिए।
उनी राष्ट्रीय स्तर बि डिभिजन खेलिसकेका खेलाडी पनि हुन भने उनको घर बाह्रदशी गाउँपालिका वडा न ३ मा रहेको छ ।
सुन्दरपुर युवा परिवार द्वारा हिजो २०८१ साल जैष्ठ १२ गते बाट संचालन भएको पहिलो सुन्दरपुर मिनिगोल्ड २०८१ को फाइनल खेल जेठ १९ गते हुनेछ ।
बिजेता टिमले नगद २५ हजार र उपबिजेताले नगद १५ हजार सहित मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search