भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजीनामा दिएका छन्। दोस्रो कार्यकाल पूरा गरेका भाजपाका नेता मोदीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन्।
सात चरणमा भएको लोकसभा निर्वाचनको नतिजा सोमबार सार्वजनिक भएपछि मंगलबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन्।राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष मोदीले राजीनामा बुझाएका छन्।
मोदीको राजीनामा पछि राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीमा दाबी गर्नका लागि आह्वान गर्ने छिन्।लोकसभामा २७२ सिटको समर्थन पुर्याउन सक्ने व्यक्ति नयाँ प्रधानमन्त्री बन्नेछन्।मोदीको दल भाजपाले २४० सिट ल्याएको छ। भाजपा सहितको गठबन्धन एनडीएले भने २९३ सिट ल्याएको छ।
यो गठबन्धन कायम रहेमा एनडीएकै पक्षबाट भाजपाले नै प्रधानमन्त्रीमा दाबी गर्ने सम्भावना छ। तेस्रो कार्यकालका लागि पनि मोदीलाई नै भाजपाले अघि सार्ने भारतीय मिडिया रिपोर्टहरूले उल्लेख गरेका छन्।