हल्दीबारी गाउँपालीका वडा नं १ द्वारा ६४ घरपरिवारको निशुल्क स्वास्थ्य बिमा

393 views

झापा।हल्दिबारी गाउँपालिका वडा नं. १ ले ६४ घरपरिवारका ३२० जनाको निशुल्क स्वास्थ्य बिमा गरि आज बिमा कार्ड वितरण गरेको छ ।

Advertisement

वडामा रहेका अति विपन्न परिवारलाई वडाको सिलिङ्ग बजेट २ लाख २४ हजार रुपैयाँ खर्चेर निशुल्क स्वास्थ्य बिमा गरिदिएको वडा अध्यक्ष देवीबहादुर थापा ले जानकारी दिए।
स्वास्थ्य बिमा कार्ड बितरण कार्यक्रममा वडा अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष देवी बहादुर थापा, वडा नम्वर २ का वडा अध्यक्ष शुकलाल राजवंशी ,स्वास्थ्य चौकी गोलधापका प्रमुख बाल कुमार श्रेष्ठ लगायतले स्वास्थ्य बिमाकाे आवश्यकता माथि आ -आफ्नाे भनाइ राखेका थिए।
कार्यक्रममा कार्यपालिका सदस्यहरु शान्ता सिवाकोटी ,सुस्मा महरा ,रुपा रसाइली र वडा सदस्य कुलबहादुर वान्तवा लगायतको उपस्थिती रहेको थियोे ।

वडा सदस्य प्रकाश कार्कीले स्वागत गरेको कार्यक्रमको संचालन वडा सचीव तुलसा खत्रीको रहेको थियो ।

वडा ले गत आर्थिक वर्षमा पनि विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको थियो भने आगामी दिनमा पनि निरन्तरता दिने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search