बालश्रम विरुद्धको दिवसमा समस्करा विद्यालयका विद्यार्थीद्वारा शान्तिपूर्ण प्रदर्शन

986 views

झापा।हल्दिबारी १ गोलधाप स्थित समस्कारा शिक्षा सदन विद्यालयका विधार्थीहरुले आज २३ औ बालश्रम विरुद्धको दिवसको अवसरमा हात मा पम्प्लेट बोकि बाल श्रमको अन्त्य गरौँ , शिक्षा बाल बालिकाहरुको नैसर्गिक अधिकार हुन भन्ने जस्ता नाराका साथ विद्यालय परिसर बाट वडा न १ को कार्यलय हुँदै गोलधाप बजार क्षेत्र हरुमा शान्तिपुर्ण र्यालि निकालेका थिए।


साथै गोलधाप माछा चोकमा जम्मा भई बालबालिका को हक र हित का लागि नारा तथा विभिन्न तर्कहरू राखेका थिए । विधार्थीहरुद्वारा हल्दिबारी वडा नं १ का वडाध्यक्ष अध्यक्ष देवीबहादुर थापालाई कार्यकक्षमै पुगेर बालश्रम को अन्त्य गर्न अनि हल्दिबारी भित्र रहेका बाल बालिका हरु जस्ले पढ्न लेख्न पाएका छैनन उनी हरुको उद्धार गरि पाऊँ भनी ज्ञापनपत्र समेत दिएका थिए।
वडा अध्यक्ष थापा ले यस विषय मा पहिले बाट नै प्रयास भईरहेको र अब अझ तिब्र रुपमा सबै शिक्षा विहिन बालबालिका हरुलाई खोजी गरि उद्धार एवम शिक्षा प्रदान गरिने कुरा जानकारी दिँदै विधार्थीहरुमा धन्यवाद ज्ञापन गरेका थिए । शान्तिपुर्ण र्याली मा गोलधाप प्रहरी चौकीका प्रशासन द्वारा समपन्न गर्नमा विशेष सहयोग गरेको थियो। कार्यक्रम सञ्चालन एवम परिचालन विद्यालयका शिक्षक प्रीतम अधिकारी एवम भाईस प्रीन्सिपल शान्ता उप्रेती ले गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search