जलथल खानेपानी र हल्दीबारी गाउँपालिका बिच सम्झौता,१० हजार लिटर खानेपानी निशुल्क

455 views

झापा। हल्दीबारी गाउँपालिका र जलथल खानेपानी बिच निशुल्क १० हजार लिटर खानेपानी वितरण सम्बन्धी सम्झौता भएको छ।

जलथल खानेपानीका अध्यक्ष केदार उप्रेती र हल्दीबारी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

अव जलथल खानेपानीका उपभोक्ताहरुले १० हजार लिटर खानेपानी को महशुल तिर्न पर्ने छैन् भने १० हजार लिटर माथि खानेपानी को संस्थाको नियमानुसार शुल्क लाग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search