हल्दीबारी गाउँपालिकाको ताकेता र खबरदारी पछि जलथल खानेपानीले गर्यो सम्झौता

386 views

झापा। हल्दीबारी गाउँपालिकाको निरन्तरको ताकेता पछि जलथल खानेपानीले अन्ततगत हल्दिबारी गाउँपालिकाको निति तथा कार्यक्रममा समावेश निशुल्क १० हजार लिटर खानेपानी मा सम्झौता गरेको छ।
हल्दीबारी गाउँपालिकाले आ व २०८०/८१ को निति तथा कार्यक्रम र गाउँसभा हल्दीबारी का तिन वटै जलथल, गोलधाप र हल्दीबारी खानेपानी का सम्पूर्ण उपभोक्ताहरूलाई मासिक १० हजार लिटर खानेपानी निशुल्क गर्ने निर्णय गरेको थियो भने उक्त कार्यक्रमलाई गोलधाप र हल्दीबारी ले सुरुवात बाटै कार्यान्वयन गरेका थिए भने
जलथल खानेपानीले राजनीतिक प्रतिसोधको कारण निर्णय कार्यान्वयन नगरी जनतालाई द्विविधामा राख्दै आएको थियो।

गाउँपालिकाले पटक पटक पत्रचार र निरन्तर खबरदारी गरेपछि असार ९ गते खानेपानी का अध्यक्षले गाउँपालिका पुगेर सम्झौता गरेका हुन्।

हल्दीबारी गाउँपालिकाले निशुल्क खानेपानी जनमैत्री एवंम लोकप्रिय लोकप्रिय कार्यक्रम रहेको छ।
राप्रपाको बहुमत रहेको पालिकामा प्राविधिकधार बाली विज्ञान सहित कक्षा १२ सम्म निशुल्क शिक्षा, निशुल्क खानेपानी, विपन्न नागरिकहरुलाई निशुल्क स्वास्थ्य बिमा जस्ता कार्यक्रमहरु रहेका छन् ।
यस्तै पालिका हाता भित्रै स्वास्थ्य बिमा सेवा लागु हुने २४ सै घण्टा सेवा उपलब्ध भएको आधारभूत अस्पताल पनि संचालनमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search