झापा।हल्दीबारी गाउँपालिका वडा नं १ ले कृषकहरूलाई लक्षित गरेर ७४ थान सिचाँइ मोटर र ९ जना स्वास्थ्य स्वयंम सेविकाहरूलाई सेवामा सजिलो होस भनेर साइकल वितरण गरेको छ।वडाको ६ लाख र
कृषकहरू को ६ लाख गरी ५० प्रतिशत लागत साझेदारीमा कुल खर्च १२ लाख लागतमा मोटर वितरण गरेको हो।
हल्दीबारी वडा नं का वडा अध्यक्ष देवीवहादुर थापा को अध्यक्षतामा भएको कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन को प्रमुख आतिथ्यता रहेको थियो।
वडा सदस्यहरू शान्ता शिवाकोटी, रूपा रसाइली प्रकाश कार्की, स्वास्थ्य शाखा हल्दिबारीका जनस्वास्थ्य निरीक्षक प्रकाश खतिवडा, गोलधाप स्वास्थ्य चौकी ईन्चार्ज यामप्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै हल्दिबारी गाउँपालिका अध्यक्ष लिङदेनले वडाले दिएको कृषि सामग्रीको उचित उपयोग गर्न सुझाव दिएका थिए।
कृषिकर्ममा रहेका कृषकहरूको उत्पादन वृद्धि गराउने तथा बेमौसमी तरकारीखेती लगायत खेतीमा पहुँच विस्तारका लागि यो कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण भएको धारणा राखेका थिए।
यस्तै वडा अध्यक्ष थापाले कृषकहरूको उत्पादन वृद्धि गराउने लक्ष्यले यो कार्यक्रम ल्याएको र माग अनुसार सबैलाई पुर्याउन नसके पनि आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिने बताएका थिए।
यसैगरी स्वयंम सेविकाहरूले निरन्तर रुपमा सेवा दिदै आएकाले कार्यसम्पादनमा सहज होस् भनेर साइकल वितरण गरिएको बताएका थिए।