विषालु सर्पको टोकाईबाट कचनकवलमा बालिका मृत्यु

280 views

झापाको कचनकवलमा विषालु सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ।

मंगलबार साँझ ५:३० बजेको समयमा कचनकवल ३ स्थित बढो केचना घर भएका हरि राजवंशीकी अन्दाजी १२ वर्षीया छोरीलाई घरको भण्डार कोठा भित्रको टेबल  निकाल्ने क्रममा विषालु सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घाइते बालिकाको बिर्तामोडस्थित वि एण्ड सी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search