लागु औषध दुर्व्यसनी विरूद्धको अन्तराष्ट्रिय दिवसमा समस्करा विद्यालयको चेतनामूलक प्रदर्शनी

600 views

झापा। सम्स्कारा शिक्षा सदन हल्दिबारी १ गोल्धाप का विधार्थी हरु द्वारा आज
अन्तर्राष्ट्रिय लागुऔषध दुर्वयसन अवैध तस्करी विरुद्ध दिवस को अवसर मा शान्तिपुर्ण र्‍याली लगायत सचेतना मुलक कार्यक्रम हरु प्रदर्शन गरि भब्यताको साथ सम्पन्न गरेका छन ।

पछिल्लो समय हल्दिबारी गाउँपालिका भित्र लागू पदार्थ तथा अवैध तस्कर हरुको सन्ख्या बढ्दै गएकाले उत्त कुरा लाई मध्यनजर गर्दै सम्स्कारा शिक्षा सदन का विधार्थी हरु ले आज को दिवस मनाएका कुरा विधालय का शिक्षक प्रीतम अधिकारी ले बताए । दिउँसो १ बजे देखि विधालय परिसर बाट सुरुभएको उत्त कार्यक्रम गोल्धाप परिसर हुदै हल्दिबारी ४ स्थित मङ्गलबारे बजार पुगि टुङ्गिएको थियो भने मङ्गलबारे बजारमा विधार्थी हरु द्वारा हात मा विभिन्न रचानात्मक र सुचना मुलक पम्प्लेट हरु सङ्ग परिक्रमा गरि सडक नाटक तथा कार्यक्रम गरि सम्पन्न गरेको थियो। कार्यक्रममा जलथल प्रहरी चौकीले सहयोग गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search