अफगानिस्तानको कमजोर ब्याटिङ : विश्वकप फाइनल प्रवेशका लागि दक्षिण अफ्रिकाले पायो ५७ रनको लक्ष्य

260 views

न्युजिल्यान्ड, अस्ट्रेलिया र बंगलादेशलाई हराउँदै इतिहास रचेको अफगानिस्तानले ट्वान्टी-२० विश्वकपको सेमिफाइनलमा भने दक्षिण अफ्रिकाविरुद्ध कमजोर ब्याटिङ गरेको छ ।

Advertisement

बिहीबार ट्रिनिडाडस्थित ब्रायन लारा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ११.५ ओभरमै अलआउट हुँदै मात्र ५६ रन जोड्न सक्यो ।

अफगानिस्तानका लागि अजमुतुल्लाह ओमरजाईको १० रन नै सर्वाधिक रह्यो । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । ४ रनमा पहिलो विकेट गुमाएको अफगानिस्तानको ब्याटिङ २/१६, ३/२०, ४/२०, ५/२३, ६/२८, ७/५०, ८/५०, ९/५०, हुँदै १०/५६ को अवस्थामा पुगेको हो।

दक्षिण अफ्रिकाका लागि मार्को ज्यान्सन र तबरेज शाम्सीले ३/३ विकेट लिए । त्यस्तै कागिसो रबडा र एनरिच नोर्ट्जेले २/२ विकेट लिए । अर्को सेमिफाइनल बिहीबार बेलुका भारत र इंग्ल्यान्डबीच हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search