अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश

215 views

 

काठमाडौं : अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ।

Advertisement

अमेरिकाको मेटलाइफ स्टेडियममा आज बिहान भएको खेलमा क्यानडालाई २-० गोल अन्तरले हराउँदै अर्जेन्टिना १६औँ उपाधि नजिक पुगेको हो।

१५ पटकको च्याम्पियन अर्जेन्टिनाका लागि पहिलो हाफको २२औँ मिनेटमा जुनियल अल्भारेजले गोल गर्दै अग्रता लिए। पहिलो हाफमा १-० को अग्रता लिएको अर्जेन्टिनाका लागि दोस्रो गोल ५१औँ मिनेटमा लियोनल मेस्सीले गरे।

 

जारी कोपा अमेरिकामा मेस्सीको यो पहिलो गोल हो। उपाधिका लागि अर्जेन्टिनाले भोलि हुने कोलम्बिया र उरुग्वेको विजेतासँग खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search