झापा।हल्दिबारी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा २९६ विपन्न परिवारका १४७० जनाको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ।
गाउँपालिका को विपन्न आवासमा बस्दै आएका १२ परिवारको गाउँपालिकाले नै बिमा गरिदिएको हो भने अन्यको वडाहरूले वडाको सिलिङ बजेट बाट बिमा गरिदिएका हुन।
यो वर्ष वडा नं १ मा ६४ घरका ३२० , वडा नं २ मा ३० घरका १५० जना, वडा नं ३ मा २९ घरका १४५ , वडा नं ४ मा १०० घरका ५०० र वडा नं ५ मा ६१ घरका ३०५ गरी र विपन्न आवासका १२ घरका ५० जना गरि १४७०
जनाको १० लाख २९ हजार खर्च गरि बिमा गरिदिएको हो।
अति विपन्न नागरिकहरुले स्वास्थ्य सेवा बाट बन्चित हुन नपरोस् र स्वास्थ्य सेवा सहज रूपमा लिन सकुन भनेर यो कार्यक्रम अघि बढाइएको हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले बताए।
यसैगरी यो कार्यक्रमलाई वडा ले निरन्तरता दिने पनि वडा नं १ का वडाध्यक्ष एवंम गाउँपालिकाका प्रवक्ता देवीबहादुर थापा ले जानकारी दिए।
वडामा रहेका विपन्न, दलित,आदिवासी सबै समेटेर बिमा गरिदिएको २ नं वडाका वडा अध्यक्ष शुकलाल राजवंशीले बताए।
स्वास्थ्य उपचारको लागि स्वास्थ्य बिमा लागु हुने २४ सै घण्टा स्वास्थ्य सेवा संचालन भैरहेको हल्दिबारी आधारभूत अस्पताल पनि रहेको छ।
नजिकै अस्पताल भएपछि हल्दिबारीका धेरै नागरिक उपचारका लागी टाढा सम्म जाने झन्झट मुक्त बनेका छन्।