झापा, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन (राप्रविस) हल्दिबारीको अधिवेशन आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ । अधिवेशन बाट सबै पदमा सर्वसम्मत चयन भएका छन्।अध्यक्षमा पंकज शाह ,उपाध्यक्षमा बिपी कोइराला सचिवमा अञ्जली बोहोरा सह-सचिवमा खुसी शाह र कोषाध्यक्षमा सबिना सेलवाल चयन भएका छन् भने सदस्यहरुमा क्रमश :वकिल मण्डल,समिर गजमेर, मन्दिरा घिमिरे,निर्मल घिमिरे,लक्ष्मी चापागाई,भिम भटराई,रोशन गौतम र मौसम रिजाल चयन भएका छन्।
अधिवेशनमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता थियो ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन (राप्रविस) हल्दिबारी अध्यक्ष अनिल चौहानको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष माननीय सांसद राजेन्द्र प्रसाद लिङ्देन रहेका थिए भने केन्द्रीय सदस्य एवं प्रशिक्षण विभाग बिभाग उप-प्रमुख खुस्बु ओली, पार्टीका प्रदेश सचिव कुमार भटराई , जिल्ला अध्यक्ष केशव ओझा , झापा जिल्ला विधार्थी संयोजक चक्र फुयाँल,हल्दिबारी गाउपलिका अध्यक्ष रबिन्द्र लिङ्देन, हल्दिबारी गाउँकमिटि अध्यक्ष एकराज राना मगर , विधार्थी नेताहरु माधव पोखरेल, मुन्ना आलम सहित पार्टीका विभिन्न पदमा रहेका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङ्देनले विद्यार्थीहरूले राजनीति बुझ्न पर्ने बताए।
विधार्थीले असल संस्कार सहितको राजनिति बुझ्न सके धेरै कुरा परिवर्तन सम्भव हुने भन्दै परिवर्तन को सम्वाहक बन्न आग्रह गरेका थिए।
उनले भने “देशको भविष्य विद्यार्थीहरूको हातमा छ र उनीहरूको संलग्नताले देशलाई सकारात्मक दिशा दिन सक्छ।”
यसैगरी प्रशिक्षण विभाग उपप्रमुख ओलीले विधार्थीहरुमा राजनीतिक चेतना हुन अत्यावश्यक रहेको धारणा राखेकी थिइन्।
भष्ट्राचारमुक्त देश र असल नेतृत्व चुन्न राजनितिलाई नजिक बाट बुझ्न उनले आग्रह गरेकी थिइन।
कार्यक्रममा कुमार भट्टराई,केशव ओझा, एकराज राना मगर, चक्र फुयाँल लगायतले शुभकामना राखेका थिए भने विधार्थीका तर्फबाट पंकज शाहले आफ्नो धारणा राखेका थिए।
विधार्थी संगठनका सचिव मिलन बिस्वकर्मा ले स्वागत गरेको कार्यक्रमको संचालन पार्टीका गाउँकमिटि सचिव योगेश कार्की ले गरेका थिए।