हल्दिबारी ४ चौकीविरानमा भूमिगत जल सिचाई आयोजना उद्घाटन

झापा।चौकिविरान जल उपभोक्ता समिति हल्दिबारी वडा नम्बर ४ जलथलमा रु ९२ लाख रुपैयाँ लागतमा तयार गरिएको भुमिगत सिचाई आयोजना आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।
चौकीविरान जल उपभोक्ता समितिका अध्यक्ष गंगा प्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन रहेका थिए।


हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी मैनाली, वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा, वडा सदस्य सुरेन्द्र बाराकोटी, प्रकाश कार्की, भूमिगत जल सिचाई कार्यालयका इन्जिनियर इश्वर थापा, वडा नं ४ का वडा सचिव जयप्रसाद पोखरेल लगायत लगायतको आतिथ्यता रहेको थियो।
कृषकहरुलाई कृषि उपार्जनमा सहजता होस् भनेर भुमिगत जल सिचाई आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष लिङदेनले बताए।

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधान, जलस्रोत तथा ऊर्जामन्त्री बनेको बेला उनकै पहल कदमीमा सुरु गरिएको योजना पुरा भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search