झापा, हल्दिबारी – वैदेशिक रोजगारीको शिलशिलामा ज्यान गुमाएका २१ बर्षिय स्वर्गीय बिजय रिमालको सम्झनामा उनका आत्मिय साथीभाई तथा इस्टमित्रद्वारा समझनामा बिजय रिमालको आज पर्न गएको पहिलो वार्षिक पुन्यतिथिको अवसरपारी मङ्गलबार आज साझ हल्दिबारी १ गोलधाप बजार स्थित माछा स्तम्भमा स्वर्गीय बिजयको फोटोमा माला अर्पण तथा दिप प्रज्वलनगरी सम्झना अर्पण गरेकाछन ।
मनभरीको रहर मारेर काधमा जिम्मेवारी बोकि रोजगारिको सिलसिलामा साउदी अरब पुगेका २१ वर्षिय स्वर्गिय बिजय रिमाल साउदी अरब पुगेको करिब एक महिना नपुग्दै आफ्नो ज्यान गुमाएका थिए ।
उनको साउदी पुग्नसाथ सामान्य ज्वराे देखिएको बिजयलाई ज्वराेले च्यापेपछि उपचारको क्रममा साउदी अरब स्थित एक हस्पिटलमा उपचारको लागि लगिएको थियो तर दुर्भाग्यवश उनको ज्यान बाच्न सकेन अन्ततह उनले साउदी अरबमै आफ्नो अन्तिम सास फेरेको थिए। उनकाे पुन्य स्मृतिमा उनका परिवार ,आफ्नत साथीभाईहरूले दिप प्रज्वलन गरेर सम्झना गरेका छन।