रोनाल्डोले गरे आधिकारिक ९०० औँ गोल

काठमाडौँ —क्रिस्टियानो रोनाल्डो माथिल्लो स्तरको खेलमा ९०० औं  गोल गर्ने पहिलो खेलाडी भएका छन् । उनको त्यही प्रदर्शनको मद्दतले पोर्चुगलले नेसन्स लिगमा क्रोएसियालाई समूह ‘ए’ ग्रुप–वानको खेलमा २–१ ले हरायो ।

डिएगो डालोटले पहिलो गोल गरेपछि रोनाल्डोले ३४ औं मिनेटमा पोर्चुगलका लागि दोस्रो गोल थपे । यो पोर्चुगलका लागि उनको कीर्तिमान १ सय ३१ औं गोल हो । गोलपछि रोनाल्डो भावनात्मक रहे ।

यसै समूहको अर्को खेलमा पोल्यान्डले स्कटल्यान्डलाई ३–२ ले पराजित गर्‍यो । यस्तै अन्य खेलमा डेनमार्कले स्विट्जरल्यान्डलाई २–० ले हरायो भने सर्बिया र स्पेनले गोलरहित बराबरी खेले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search