झापा। हल्दिबारी ३ मा रहेको श्री शुभप्रभात कृषी सहकारी लिमिटेड हल्दिबारी ३ को १५ औँ वार्षिक साधरणसभा एवंम अधिवेशन आज सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष लालबहादुर कन्दंवाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी वडा नं ३ का वडा अध्यक्ष विष्णुप्रसाद ओली रहेका थिए।
साधरणसभामा साना किसान कृषी सहकारी जलथल कि अध्यक्ष कृष्णमाया गिरी, कल्याण सहकारीका उपाध्यक्ष डिल्लीराम ढुङ्गेल, रामेश्वर आ वि कि प्र अ मेनका दाहाल, सरस्वती आ वि का प्र अ एवं सहकारीका पूर्व अध्यक्ष गोविन्द बोहोरा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो।
सभामा संस्थाले ४ करोड ८६ लाख ८३ हजार २ सय १८ रूपैयाँ बराबरको आय व्यय प्रस्तुत गरेको थियो भने आगामी वर्षका लागि वार्षिक कार्यक्रम पनि सर्वसम्मतले पारित गरेको छ।
कार्यक्रममा सहकारीका जेष्ठ सदस्यका रूपमा सिता सुवेदी र शमशेर राई लाई सम्मान गरिएको थियो भने उत्कृष्ट बचतकर्ता पर्शुराम मिश्र, उत्कृष्ट ऋणीका ख्यामकुमारी वन लाई सम्मान गरिएको थियो।
यसैगरी अधिवेशन को खुला सत्र पछि बन्दसत्रबाट पुन लालबहादुर कन्दङवा कै अध्यक्षतामा ११ सदस्यिय संचालक समिति सर्वसम्मत निर्वाचित भएको छ।
समितिमा उपाध्यक्ष गोविन्द घिमिरे, सचिव अर्जुनप्रसाद गिरी, कोषाध्यक्ष धनबहादुर साँवा, सह सचिव सुष्मा कन्दङवा,सदस्यहरू: योगेन्द्र वन,इन्दिरा न्यौपाने, माया राई, मुक्तीनाथ ढुङगेल,डिल्लीराम उप्रेती,भविन्द्र दर्जी रहेका छन् भने सभाबाटै लोकप्रसाद भण्डारीको संयोजकत्वमा देवनारायण महतो र सम्झना मिश्र सदस्य रहेको लेखा समिति पनि सर्वसम्मत चयन भएको छ।
निर्वाचन समितिमा डिल्लीराम ढुङ्गेल, मेनका शर्मा दाहाल र गोविन्द बोहोरा रहेका थिए।
६०४ जना शेयर सदस्य रहेको सहकारीले निकट भविष्य मै आफ्नै भवन बनाउने लक्ष्य लिएको छ।
संस्थाका उपाध्यक्ष गोविन्द घिमिरेले स्वागत गरेको कार्यक्रमको संचालन सचिव गोविन्द न्यौपानेले गरेका थिए।