झापा। झापाको बिर्तामोडमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा आज एक कार्यक्रमका विच ५०० बढीले पार्टी प्रवेश गरेका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र जनता समाजवादी पार्टी परित्याग गरेर पाँच सय बढी नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश गरेका थिए ।सबैभन्दा धेरै अर्जुनधाराबाट एक सय ५७ जना राप्रपामा प्रवेश गरेका छन् । त्यस्तै बिर्तामोडबाट एक सय बढी, कनकाई ८–बाट ४०, मेचीनगरबाट ३०, वुद्धशान्तिबाट ४०, कचनकवलबाट ५०, भद्रपुरबाट ४०, हल्दिवारीबाट ५६, बाह्रदशीबाट ३०, झापाबाट १०, दमकबाट १० जना राप्रपामा प्रवेश गरेका छन् ।
राप्रपाका केन्द्रीय अध्यक्ष तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका विभिन्न तह र तप्काका नेताहरुको उपस्थिति रहेको थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशव ओझाको अध्यक्षतामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लिङदेनले यो देश पुराना र ठुला दलहरुले पालैपालो लुटेको आरोप लगाएका थिए।
नाम मात्रै फरक भएका पार्टीहरूले वर्षौ सम्म नेतृत्व गर्दा पनि कुनै परिवर्तन नआएको र देश युवा बेचेर बसेको भन्दै सम्भायता र रोजगारी सिर्जना गर्न सबैले एकपटक मत र अभिमत फेर्न आवश्यक रहेको जिकिर गरेका थिए।
अर्को एक प्रसंगमा लिङदेनले संवैधानिक परिषदमा आफ्ना कारिन्दा भर्ति गर्न उपसभामुख इन्दिरा रानामगर लाई आचरण विरूद्धको अभियोग लगाउने तयारी ठुला दलहरुले गरिरहेको भन्दै यो कदम सरासर गलत भएको र राप्रपाले गलत कार्यको विरोध गर्ने बताएका थिए।
नवप्रवेशीहरूलाई उनले यो पार्टीमा लागेर पश्चताप मान्न पर्दैन भन्दै देश, जनता र धर्मको रक्षा गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए का थिए।