क्रिकेटका रोहित पौडेल वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडी

क्रिकेटका रोहितकुमार पौडेल वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् ।

Advertisement

शुक्रबार काठमाडौंमा भएको एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन समेत रहेका उनलाई वर्षकै सर्वोत्कृष्ट पुरुष खेलाडी घोषणा गरिएको हो । योसँगै उनले पल्सर एनएस २०० मोटरसाइकल प्राप्त गरेकी छन् ।

उनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, कँरातेका मोहम्मद सेखु आलम र गल्फका सुवास तामाङलाई पछि पार्दै उक्त अवार्ड हात पारे ।

रोहितको कमानीमा रहेको नेपाली क्रिकेट टिमले यही वर्ष अमेरिका र वेष्टइन्डिजमा आयोजना भएको टी-२० विश्वकप क्रिकेट खेलेको थियो । उनकै कमानीमा नेपाल एसिया कपमा समेत सहभागी भएको थियो ।

लिग २ खेल्न रोहित राष्ट्रिय क्रिकेट टिमसँगै अमेरिकामा रहेकाले उनको अवार्ड भने आमा र दाइले ग्रहण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search