झापा। प्रस्तावित हल्दिबारी जेसिज को आयोजनामा निशुल्क खुल्ला स्वास्थ्य शिविर जलथल स्वास्थ्य चौकी हल्दिबारी ४ मा सम्पन्न भएको छ।
झापा कै सुविधा सम्पन बि एण्ड सि मेडिकल कलेज एवंम पुर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा संचालन भएको स्वास्थ्य शिविरमा विभिन्न रोगका २ सय १९ जना बिरामीले स्वास्थ्य परिक्षण गराएका थिए भने निशुल्क औषधी समेत वितरण गरिएको थियो।
बि एण्ड सि मेडिकल कलेजका
बालरोग विशेषज्ञ, फिजिसियन,नाक,कान, घाटीँ रोग विशेषज्ञ,महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण, क्यान्सर को परिक्षण, हाडजोर्नी विशेषज्ञ डाक्टरले सेवा दिएका थिए।
हल्दिबारी जेसिजकि अध्यक्ष युनीता दवाडी को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन रहेका थिए भने उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, ४ नं वडाका वडा अध्यक्ष सन्तकुमार कुमार थापा, २ नं वडाका वडा अध्यक्ष शुकलाल राजवंशी, १ नं वडाका वडा सदस्य प्रकास कार्की, बि एण्ड सि मेडिकल कलेजका सहायक प्रध्यापक, विभिन्न विधालयका प्रधानाध्यापक, संघ संस्थाका प्रतिनिधिहरु को आतिथ्यता रहेको थियो।
कार्यक्रम संयोजक जेसी अनिल चौहानले औचित्य प्रकास पारेका थिए भने सह संयोजक भरत ढकालले आस्था वाचन गरेका थिए ।
औपचारिक कार्यक्रमको संचालन जेसिजका महासचिव प्रायुस पौडेलले गरेका थिए।