हल्दिबारी वडा न १ मा डेङ्गुको लार्भा नष्ट एवम सचेतना मुलक कार्यक्रम समपन्न ।

  • हल्दिबारी । झापा जिल्ला हल्दिबारी गाउँपालिका वडा नम्बर १ स्थित गाेलधाप स्वास्थ्य चाैकीमा साेमबार आज ढेङ्गु राेग बिरूद्वकाे सचेतना कार्यक्रम सम्पन्न भएको छ।

हल्दिबारी गाउँपालिकाको आयोजना तथा साहारा नेपालको प्राबिधिक सहयोग मार्फत एक दिने डेङ्गु रोग विरुद्दकाे सचेतना तथा छलफल कार्यक्रम गरिएको थियो ।

हल्दिबारी वडा नम्बर १ का अध्यक्ष देवि वहादुर थापाको प्रमुख आथित्यतामा भएको कार्यकममा जन जागृति मा.बि का प्रधानाध्यापक इन्दिरा चुडाल , वडा न १ वडा सदस्यहरु, शान्ता कुमारी सिवाकोटी , प्रकाश कार्की , रुपा रसाईलि, साथै साहारा नेपाल समुदायिक संस्था सहजकर्ता मोनिका खड्का , गोल्धाप स्वास्थ चौकी प्रमुख याम नेउपाने लगायत को उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवातमा गोलधाप स्वास्थ्य चौकि को सभहलमा अन्तक्रिया गरि सुरु गरिएको थियो । स्वास्थ चौकी प्रमुख याम न्यौपानेले डेङ्गु कसरी लाग्छ र रोकथाम कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमकाे दाेश्राे चरणमा स्वास्थ्य चौकिको भवनबाट लार्भा नस्ट गर्ने घर दैलाे अभियान शुरू गरिएको हाे। चिल्ड्रेन गार्डेन स्कुल हुदै गोल्धाप बजारको विभिन्न स्थानहरुमा गई जमिएर रहेको पानी हरुबाट लार्भा नस्ट गरी सर्वसाधारण नागरिकहरुमा जनचेतना मुलक सन्देश प्रवाह गरि समपन्न गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search