झापा। हल्दिबारी गाउँपालिका वडा नं ३ रमाइलो चोकको एक घरमा आगलागी भएर काठको घर पूर्णरूपमा जलेर नष्ट भएको छ।
ताराबल्लब गिरीको घरमा मध्यरातमा आगलागी भएको थियो।आगलागी बाट घरमा भण्डारण गरिराखेको धान चामल, अन्नपात, लताकपडा, फर्निचर लगायत जलेका छन् भने ९ वटा बाख्रा खसी जलेर मरेका छन् भने एउटा बाच्छो घाइते भएको छ ।
अलग्गै घरमा बस्ने गरेकाले मानविय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ।
घटनाबाट अन्दाजी १२ लाखको क्षति भएको छ भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
दमकल, प्रहरी र स्थानियबासीको सहयोगमा करिब ३ घण्टामा नियन्त्रण गरिएको थियो।