झापा। हल्दिबारी गाउँपालिका वडा नं ४ मा रहेको श्री जय दुर्गा कृषि सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा विभिन्न कार्यक्रम गर्दै आज सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष प्रेमबहादुर महतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देन रहेका थिए। वडा नं ४ का वडा अध्यक्ष
सन्त कुमार थापाको विशेष आतिथ्यता रहेको थियो भने
ने. रे. सो. हल्दिबारी उपशाखा सभापती कर्णाखर प्रसाईं
श्री एकता ब. उ. स. सं. लि अध्यक्ष एवं झापा जिल्ला सहकारी संघका सदस्य हरिकृष्ण अधिकारी लगायतको आतिथ्यता रहेको थियो।
२ करोड ७४ लाख ३९ हजार ५सय कुल पुँजी रहेको संस्थाले आम्दानी २४ लाख ७२ हजार ७ ३६ रूपैयाँ र ६ लाख ५७ हजार ९सय ५ रूपैयाँको खर्च भएको प्रतिवेदन पेश गरेको थियो।
कार्यक्रममा असल कृषकका रूपमा शंकरलाल यादव र अमिका राईलाई सम्मान गरिएको थियो भने असल ऋणीका रूपमा माइला किस्कु र आशावती राजवंशीलाई सम्मान गरिएको थियो भने असल बचतकर्ता को रूपमा मित्रलाल काफ्ले र बेदना मण्डल लाई सम्मान गरिएको थियो।यसैगरी ज्येष्ठ नागरिक र एसईई मा उत्कृष्ट अंक ल्याउने विधार्थीलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले सहकारी व्यवस्थित र कानुन बमोजिम रूपमा संचालन गर्दा बचत पनि हुने आवश्यक पर्दा ऋण पनि मिल्ने हुदाँ सजिलो हुने भन्दै नियमानुसार संचालन गर्न आग्रह गरेका थिए।
कार्यक्रमको संचालन लोकनाथ गौतमले गरेका थिए।