राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठन भद्रपुरको नगर अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।
रोशन निरौलाको अध्यक्षतामा १३ सदस्यिय समिति सर्वसम्मत रूपले चयन भएको हो।
अध्यक्ष रोशन निरौला, उपाध्यक्ष स्मृत राई, सचिव सनम सासंखर,सह -सचिव कञ्चन बि क , कोषाध्यक्ष लक्ष्मी हस्दा र सदस्यहरूमा दिपेश दाहाल,अनुसा खडका,सेजल निरौला,आइशा भुजेल, इन्दिरा थापा, जानुका सोरेन र शुभेच्छा मगर रहेका छन्।
अनिल चौहानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राप्रपा झापाका अध्यक्ष केशवप्रसाद ओझा रहेका थिए भने उपाध्यक्ष सिता लम्साल,युवक संगठन झापाका अध्यक्ष राजकुमार राई, भद्रपुर नगरपालिका कि उपमेयर राधा कार्की, पूर्व प्रहरी संगठनका अध्यक्ष अम्विका पोखरेल, विधार्थी नेता माधव पोखरेल,राप्रविसं हल्दिबारी अध्यक्ष पंकज शाह, सचिव अञ्जली बोहोरा, कचनकवल अध्यक्ष विकास शर्मा लगायतको आतिथ्यता रहेको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओझाले राप्रपा को विधार्थी संगठनमा लागेर कसैले पछुतो मान्न नपर्ने भन्दै पढाई सँगै विधार्थी को हक हितमा आवाज उठाउन नयाँ नेतृत्वलाई सुझाव दिएका थिए।
यसैगरी युवक संगठनका अध्यक्ष राईले पढाई सँगै विधार्थी हरुमा राजनीतिक चेतना आवश्यक भएको बताएका थिए।
कार्यक्रमको संचालन मुन्ना आलमले गरेका थिए।