झापा।राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठन झापाको जिल्ला अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
अधिवेशन बाट अध्यक्षमा सुनिल धिमाल , प्रथम उपाध्यक्षमा सुरज शाह, उपाध्यक्षमा सारांश ढुङ्गाना र सागर राई, सचिव अनिल चौहान, सहसचिव सोफिया खडका,राम शाहि ठकुरी कोषाध्यक्षमा रोशनी सापकोटा र सहकोषाध्यक्षमा प्रज्ज्वल भट्टराई सहित ३३ सदस्यिय समिति चयन भएको छ।



राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठन झापाका संयोजक चक्र फुयाँलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेन रहेका थिए भने कोशी प्रदेश सभामुख अमर विष्ट, प्रदेश सांसद निमसरी राजवंशी, गोपाल गजमेर, राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठनका केन्द्रिय अध्यक्ष कमल बम ,दमक नगरपालिकाका मेयर राम थापा, भद्रपुर नगरपालिका उपमेयर राधा कार्की, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, युवक संगठन कोशीका अध्यक्ष राजकुमार योङया, युवक संगठन झापाका अध्यक्ष राजकुमार राई, पूर्व प्रहरी संगठनका अध्यक्ष अम्विका पोखरेल, सांस्कृतिक मंच झापाका अध्यक्ष अच्युत दाहाल लगायतको आतिथ्यता रहेको थियो।


एक प्रसंगमा लिङदेनले शैक्षिक क्षेत्रमा सुधार गर्न सके देशको आर्थिक अवस्था पनि सुधार हुने भन्दै रोजगार सँग जोडिएको शिक्षाको विकल्प नरहेको बताए।

यसैगरी राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठनका अध्यक्ष कमल बम ले राप्रपाको विधार्थी संगठनले सकारात्मक परिवर्तनका पक्षमा आवाज उठाउने बताउदैँ परिवर्तनका पक्षमा बुलन्द आवाज उठाउन विधार्थीहरुलाई आग्रह गरेका थिए।

अधिवेशन पश्चात नवनिर्वाचित अध्यक्ष सुनिल धिमालले सक्रिय विधार्थीहरू रहेको राप्रविसं झापाले हरेक क्षेत्रमा रचनात्मक सहभागीता जनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन विधार्थी नेता मुन्ना आलमले गरेका थिए।

