राप्रपा कचनकवलको युवक र महिला संगठनको अधिवेशन सम्पन्न, अध्यक्षमा तामाङ्ग र गौतम सर्वसम्मत

झापा।राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठन र राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन कचनकवल झापाको अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।

युवक संगठनको अध्यक्षमा धन बहादुर तामाङ्गको अध्यक्षतामा ३९ सदस्यीय समिती बनेको छ।
बरिष्ठ उपाध्यक्षमा भरत लिम्बु , उपाध्यक्षमा अनवर आलम,याम उप्रेती, दिनेश प्रसाद गणेश र कार्तिक राजवंशी , सचिवमा प्रतिक थपलिया, सहसचिव मोहन तिम्सिना र कोषाध्यक्षमा रोशन तामाङ सहित ३९ सदस्यीय समिती निर्वाचित भएका छन्।
यसैगरी महिला संगठनको अध्यक्षमा रुपा खनाल गौतमको अध्यक्षतामा ३७ सदस्य समिति सर्वसम्मत निर्वाचित भएको छ ।

समितिको उपाध्यक्षमा तुलशा राई, रञ्जना शिवाकोटी,रूखा गणेश,बेनुका राई र अमृता बोगटी, यसैगरी सचिवमा राधिका पौडेल, कोषाध्यक्षमा बुधवती राजवंशी सहित ३७ सदस्यीय समिती सर्वसम्मत निर्वाचित भएका छन्।
तामाङ्ग र गौतम अघिल्लो कार्यकालमा पनि अध्यक्ष रहेका थिए।
युवक संगठनका अध्यक्ष धनबहादुर तामाङ्ग को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राप्रपाका केन्द्रिय अध्यक्ष माननीय राजेन्द्र लिङदेन रहेका थिए।
झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, प्रदेश सांसद निमसरी राजवंशी, राप्रविसं का केन्द्रीय अध्यक्ष कमल बम,कचनकवल गाउँ समितिका अध्यक्ष लक्ष्मीनारायण यादव, युवक संगठन झापाका अध्यक्ष राजकुमार राई लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि लिङदेनले नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई सक्रिय रूपमा नेतृत्व गर्न शुभकामना दिएका थिए। कार्यक्रममा बोल्दै लिङदेनले
युवाहरूले समाजमा सकारात्मक प्रभाव पार्ने सिर्जनात्मक काममा अघि बढन सुझाव पनि दिएका थिए।
रूपा खनाल गौतमले स्वागत गरेको कार्यक्रमको संचालन मुन्ना आलमले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search