हल्दिबारीमा भव्यताका साथ फुलपाति भित्र्याइयो, राप्रपाका केन्द्रिय अध्यक्ष लिङदेन सहभागी

झापा। बडादशैँ को सातौँ दिन फुलपातिका अवशरमा आज हल्दिबारीमा बृहत कार्यक्रम गरी फुलपाति भित्र्याइएको छ ।
नेपालीहरुको महान पर्व बडादशैँ २०८१ मा हल्दीबारी–४ बडावारी बजारमा अवस्थित श्री नव दुर्गा मन्दिरबाट नवपत्रिका प्रवेश कार्य सुरू गरेर पाथीभरा मन्दिर हुँदै शिवालय मन्दिर परिक्रमा गरी नवदुर्गा मन्दिरमा फुलपाति भित्र्याइएको थियो।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य माननीय राजेन्द्र लिङ्देन सहभागी बनेका थिए।
दशैँ मनाउन गृह जिल्ला झापा आएका लिङदेनले औपचारिक कार्यक्रममा सम्वोधन गर्दै धार्मिक जागरणको प्रराम्भ भएको बताएका छन् । उनले विभिन्न धिन्न जातजाती, भाषा, धर्म रहेको नेपालमा मिलेर पर्वहरु मनाउने परम्परा भएको र यसको जगेर्ना गर्नुपर्ने बताए।

भ्रमपूर्ण प्रचार सिर्जना गरेर कहिकतैबाट भ्रम सिर्जना भएको बताउँदै बडादशैँ सवैको साझा पर्व भएकोले सवैले मिलेर मनाउन उनले आग्रह गरेका छन् ।

बडादशैँको सातौं दिन अर्थात सप्तमी तिथिमा पर्ने यस दिन नेपालीहरुले कालरात्री देवीको पूजा आरधना गरेर मनाउने गरेका छन् । घटस्थापनाका दिन राखिएको जमरा र फुलपातिलाई आज दशैँ घरमा भित्र्याइन्छ । कालरात्री देवीको पूजा अर्चना गरिनुका साथै नेपालीका घरघरमा फुलपाति भित्र्याइने परम्परा रहि आएको छ ।

दशैँघरमा उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, अशोक, बेल, मानक, कर्चुर, धानको बोट, जयन्ती, धानको बाला, अशोकको पात, अदुवाको बोट र नयाँ फलफुलका पालुवालाई शुभ साईतका रुपमा फुलपाती मानेर भित्र्याइने चलन रहेको छ ।
सोही परम्परा अनुसार ल्याइएको फूलपातिलाई नेपाल प्रहरी तथा प्रहरीको पल्टन, निजामती उच्च पदस्थ कर्मचारीहरू, ब्याण्डबाजा, पञ्चेबाजासहित सिंगारिएका कलस्यौलीहरू, सांस्कृतिक झाँकी र पाँचजना गुरु पुरोहितको समूहले हर्ष बढाईंका साथ भित्र्याएको छ।

कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, ४ नं वडाका वडाध्यक्ष सन्तकुमार थापा सहित‌ जनप्रतिनिधिहरू, कर्मचारीहरू, स्थानीय संघ/संस्थाका सामाजिक अगुवाहरु, लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search