झापा।बाह्रदशी गाउँपालिका वडा नम्बर-५ को द्रोणा मांगा निवासी कमल चम्लागांईको घरमा हिजो बेलुका चोरी भएको छ।
बेलुका १०:३० बजे उनी ससुराली गएका बेला घरमा सुन, चाँदी, नगद चोरी भएको चम्लागांई ले बताए । चम्लागांई का अनुसार ५० हजार बराबरको सुन, १८ तोला चाँदी, नगद २ लाख ४० हजार चोरी भएको छ । चक्चकी प्रहरी चौकीले आवस्यक छानबिन गरि चोरी गर्ने व्यक्तिको खोजी जारी रहेको जनाएका छन्। चाडपर्वको मुखमा यस घटनाले स्थानीय बासिन्दामा सुरक्षा सम्बन्धी चिन्ता बढाएको छ।