बंगलादेश साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
काठमाडौंको दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा भुटानमाथि ७–१ गोलको जितसहित बंगलादेश उपाधि नजिक पुगेको हो ।
बंगलादेशको जितमा तोहुरा खातुनले तीन गोल गरेकी थिइन् । दोस्रो सेमिफाइनलमा आयोजक नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ । नेपाल समूह ‘बी’ को विजेता र भारत समूह ‘ए’ को उपविजेताको रुपमा अन्तिम चारमा पुगेको हो ।
यसअघि भुटानविरुद्धको खेलमा निराशाजनक बराबरी खेलेपछि नेपालले माल्दिभ्स र श्रीलंकाविरुद्धको खेलमा फेरि लय समातेको थियो । नेपाल बलियो प्रतिद्वन्द्वी भारतको चुनौती पन्छाउँदै फाइनलमा पुग्ने लक्ष्यमा छ ।