पाथीभरा सिंहकाली मन्दिर हल्दिबारी ४ को पुराणको आय व्यय सार्वजनिक

झापा। हल्दिबारी गाउँपालिका वडा नं ४ मा अवस्थित श्री पाथीभरा सिंहकाली धार्मिक तथा पर्यटकीय स्थलमा स्रोह श्राद्धको अवसरमा आयोजना गरिएको श्रिमदभागवत पितृशुत पुराणको आय व्यय आज एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ।


पुराणमा कुल आय ४ लाख ७९ हजार ८ सय ३८ र कुल खर्च ३ लाख १९ हजार ३ सय ९ रूपैयाँ र बचत १ लाख ६० हजार ५ सय २९ भएको आयव्यय पुराण व्यवस्थापन समितिका सचिव भरत ढकालले प्रस्तुत गरेका थिए।
यो धार्मिक क्षेत्रमा प्रत्येक वर्ष स्रोह श्राद्धको अवसरमा पुराण आयोजना गर्ने गरिएको छ।
हल्दिबारी कै धार्मिक एवम् पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको यो क्षेत्रको मुख्य प्रवेशद्वारबाट दायाँबायाँ तुलसाको मठ निर्माण गर्ने, फुल फुल्ने बिरुवाहरू रोप्ने योजना बनाएर अघि बढिसकेको छ।
पुराण आयोजक समितिका अध्यक्ष सिताराम कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा हल्दिबारी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा, आचार्य पण्डित सोमनाथ सुवेदी, आचार्य पण्डित अर्जुन भट्टराई, वडा सदस्य शान्ता गहतराज,मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयप्रसाद पोखरेल लगायत धर्मानुरागी भक्तजनहरूको उपस्थिति रहेको थियो।
आचार्य पण्डित अर्जुन भट्टराईले कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए भने संचालन मन्दिर व्यवस्थापन समितिका सचिव अनिल चौहानले गरेका थिए।

Advertisement
Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search